जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखको विजय यात्रा जारी

३ पुस २०७८ काठमाडौं । जर्मन बुन्डेसलिगा फूटबलमा शीर्ष स्थानको बायर्न म्युनिखको विजयी यात्रा जारी छ ।
बुन्डेसलिगाअन्तर्गत पछिल्लो खेलमा बायर्नले उल्फवर्गमाथि ४–० को जित निकालेको हो । खेलको सातौं मिनेटमै थोमस मुलरले बायर्नलाई अग्रता दिलाएका थिए ।
५७औं मिनेटमा डायोट उपामेकानोले बायर्नको अग्रता दोब्बर बनाए । त्यसपछि ५९औं मिनेटमा लेरोय साने र ८७औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बायर्न ४० ले विजयी भयो ।
लेवान्डोस्की एउटा क्यालेन्डर वर्षमा लीगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने । ४३औं गोल गर्दै उनले जेर्ड मुलरलाई पछि पारेका हुन् । सन् १९७२ मा मुलरले ४२ गोल गर्न सफल भएका थिए ।
जितसँगै शीर्ष स्थानको बायर्न आफ्नो अग्रता ९ अंकले बढाएको छ । १७ खेलबाट बायर्नले ४३ अंक जोड्दा दोस्रो स्थानको बोरुसिया डर्टमण्डको १६ खेलबाट ३४ अंक छ ।
प्रतिक्रिया