Political Hightlights

कांग्रेस पदाधिकारीमा देउवा पक्षकै बहुमत

हिमालय टिभी
२०७८ पुष २ गते १८:०८
कांग्रेस पदाधिकारीमा देउवा पक्षकै बहुमत

२ पुस २०७८ काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीमा सभापति शेरबहादुर देउवा पक्षले बहुमत पाएको छ ।

१४ औं महाधिवेशनबाट सभापतिमा देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । उपसभापति खड्का देउवा समूहबाट हुनुहुन्छ।

त्यस्तै, सहमहामन्त्रीमा बद्री पाण्डे, जीवन परियार, महालक्ष्मी उपाध्याय डिना उपाध्याय, किशोरसिंह राठौर, भीष्मराज आङदाम्बे, महेन्द्र यादव, उमाकान्त चौधरी र फमुल्लाह मन्सुर निर्वाचित हुनुभएको छ ।

पाण्डे पिछडिएको क्षेत्रबाट कर्णालीका मुख्यमन्त्री समेत रहेका जीवनबहादुर शाहीलाई पराजित गर्दै विजयी हुनुभयो ।

सहमहामन्त्रीमा मुस्लिमतर्फ शेख वकिललाई पराजित गर्दै मन्सुर, दलिततर्फ मानबहादुर विश्वकर्मालाई पराजित गर्दै परियार, खस–आर्यतर्फ देवराज चालिसेलाई पराजित गर्दै राठौर, थारुतर्फ तेजुलाल चौधरीलाई पराजित गर्दै उमाकान्त, महिलातर्फ कमला पन्तलाई पराजित गर्दै उपाध्याय, मधेसीतर्फ रामकृष्ण यादवलाई पराजित गर्दै महेन्द्र र आदिवासी जनजातितर्फ विकास लामालाई पराजित गर्दै आङ्दम्बे विजयी हुनुभयो ।

सहमहामन्त्रीमा विजयी पाण्डे र परियार शेखर कोइराला समूहका र ६ जना शेरबहादुर देउवा समूहका हुन् ।

१४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीमा सभापति, एक उपसभापतिसहित ६ सहमहामन्त्री गरी देउवा पदाधिकारीमा बहुमत आफ्नो पक्षमा पार्न सफल हुनुभयो ।

कांग्रेसको विधानमा निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक जनालाई कोषाध्यक्ष मनोनित गर्ने व्यवस्था छ । केन्द्रीय सदस्यहरुको मतगणना केन्द्रीय कार्यालय सानेपामा जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्