खेलकूद

१९ वर्षमुनिको महिला फूटबलमा नेपालले आज भूटानसँग खेल्दै

हिमालय टिभी
२०७८ पुष २ गते ९:५०
१९ वर्षमुनिको महिला फूटबलमा नेपालले आज भूटानसँग खेल्दै

२ पुस २०७८ काठमाडौं । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपालले आज भूटानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

समूह चरणको तेस्रो खेलमा आज नेपालले भूटानविरुद्ध जित निकाल्ने लक्ष्य लिएको छ । नेपाल र भूटानबीचको खेल बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ ।

खेल नेपाली समय अनुसार साँझ पौने सात बजे शुरु हुनेछ । भुटानविरुद्ध मैदानमा उत्रदा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । फाइनल प्रवेशको सम्भावना बलियो बनाउन पनि नेपाललाई भुटानविरुद्ध जितको आवश्यक छ ।

पाँच टिम सहभागी प्रतियोगिता राउन्ड रोविनको आधारमा खेलाइँदैछ र शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिता अन्तर्गत लगातार दुई खेल जितेको भारत ६ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।

आयोजक बंगलादेश र नेपालले समान दुई खेल खेल्दा चार–चार अंक जोडेका छन् । नेपाल तेस्रो र बंगलादेश दोस्रो स्थानमा रहेको छ । भुटानले तीन खेलबाट ३ अंक जोडेको छ । तेस्रो स्थानको भुटानले फाइनलको सम्भावना कायमै राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्