Political Hightlights

एमालेद्वारा नेताहरुको कार्यविभाजन, कसले पाए कुन जिम्मेवारी ?

हिमालय टिभी
२०७८ पुष २ गते ९:३८
एमालेद्वारा नेताहरुको कार्यविभाजन, कसले पाए कुन जिम्मेवारी ?

२ पुस २०७८ काठमाडौं । दशौं राष्ट्रिय महाधिवेशनबाट नयाँ कार्यसमिति चुनिएपछि नेकपा एमालेले पहिलो पटक नेताहरुको कार्यविभाजन गरेको छ ।

एमालेले अन्तर्पार्टी निर्देशन (अपानि) जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकेको हो । अध्यक्ष केपी शर्मा ओलीले पार्टीको समग्र नेतृत्व गर्दा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मा दिइएको छ ।

एमालेको तेस्रो वरियतामा रहेका उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह संयोजन गर्ने र अर्की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय संयोजन गर्ने जिम्मा दिइएको छ ।

अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षाको जिम्मा पाउनुभएको छ । महासचिव शंकर पोखरेलले सांगठनिक कामको संयोजन गर्ने जिम्मा पाउँदा उपाध्यक्ष विष्णु पौडेलले सांगठानिक कामको अनुगमन गर्ने जिम्मा पाउनुभएको छ ।

उपमहासचिव प्रदीप ज्ञवालीले स्कुल विभाग र अर्का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मा पाउनुभएको छ ।

अर्का उपमहासचिव विष्णु रिमाललाई निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापन प्रमुख बनाइएको छ । स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई भने अर्थ तथा योजना विभागको प्रमुख बनाइएको छ ।

सचिव टोपबहादुर रायमाझीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुख, गोकर्ण विष्टलाई ऊर्जा, योगेश भट्टराईलाई स्वास्थ्य विभाग प्रमुख र अर्का सचिव लेखराज भट्टराई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ । स्थायी कमिटी सदस्य मणि थापाले भूमि व्यवस्था विभागको जिम्मा पाउनुभएको छ ।

यसैबीच एमालेले पार्टी प्रवेश अभियान सन्चालन गर्ने भएको छ । प्रगतिशील र वामपन्थी शक्तिको साझा पार्टीका रुपमा एमालेको विकास गर्ने भन्दै उसले त्यसका लागि पार्टी प्रवेश अभियान सन्चालन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्