Political Hightlights

एमालेले आज केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्दै

हिमालय टिभी
२०७८ पुष २ गते ९:००
एमालेले आज केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्दै

२ पुस २०७८ काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय आज सार्वजनिक गर्ने भएको छ ।

गत शनिबार र आइतबार बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न लागिएको एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार नवनिर्वाचित महासचिव शङ्कर पोखरेलले पत्रकार सम्मेलन गरेर बैठकको निर्णय सार्वजनिक गर्नुहुनेछ ।

चितवनमा गत मङसिर १० देखि १४ गतेसम्म भएको १०औँ महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा र दोस्रो बैठक भक्तपुरमा बसेको थियो ।

बैठकले ४४ जना केन्द्रीय सदस्यको मनोनयनदेखि निर्वाचित ३०१ जना नेताहरुको कार्यविभाजन गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्