Political Hightlights

हार स्वभाविक भएकाले आजैदेखि कांग्रेस रुपान्तरणमा लाग्ने नेता कोइरालाको प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २९ गते १७:५३
हार स्वभाविक भएकाले आजैदेखि कांग्रेस रुपान्तरणमा लाग्ने नेता कोइरालाको प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

२९ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा पराजित नेता शेखर कोइरालाले आफू आजैदेखि कांग्रेस रुपान्तरणको लागि लागिरहने बताउनु भएको छ ।

महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले त्यसका लागि आफू घरदैलोमा लाग्ने बताउनुभयो । साढे पाँच वर्षसम्म कांग्रेस पार्टी बेथितिको हिसाबले चलेको भन्दै अब त्यसलाई रोक्ने उहाँको भनाइ छ ।

आफू महाधिवेशनमा पराजित भए पनि आफ्नो समूहले उठाएका राजनीतिक मुद्दाको भने जीत भएको उहाँको भनाइ छ ।

नेता कोइरालाले आफू कांग्रेसभित्र गुटबन्दी अन्त्यका लागि लाग्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सबैभन्दा पहिले त शेरबहादुरजी जो हाम्रो पार्टी सभापति पनि हुनुहुन्छ । उहाँलाई बधाईँ दिन चाहन्छु । साथै उहाँको चार वर्षको कार्यकालको सफलताको पनि कामना गर्दछु । उहाँसँगको प्रतिस्पर्धाको नेपाली कांग्रेसको यो आन्तरिक लोकतन्त्र हो । आन्तरिक लडाई हो हामीहरुको । स्वस्थ प्रतिस्पर्धाबाट उहाँ विजयी हुनु भएको छ । विजयी भइसकेपछि अब उहाँको टिम कस्तो आउछ, हाम्रा साथीहरु कति जित्नु हुन्छ ? त्यो त मतगणना पछि निर्णय गर्नेछ । तर जसरी साँढे पाँच वर्ष पार्टी बेथितिको हिसावले चल्यो, त्यसैगरी चल्न थाल्यो भने हामी सशक्त रुपले प्रस्तुत हुनेछौं । म पराजित भएँ । निर्वाचन भइसकेपछि कोही जित्छ, कोही हार्छ । त्यो स्वभाविक हो । मैले यसलाई एकदमै स्वभाविक रुपमा लिएको छु । कुनै कुण्ठा पनि छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्