एमाले केन्द्रीय कमिटीमा ४४ जना सदस्य मनोनित

२६ मंसिर २०७८ काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीमा ४४ जना सदस्य मनोनित गरेको छ।
भक्तपुर बसेको एमाले केन्द्रीय कमिटीले विधानको व्यवस्थाअनुसार ४४ जना केन्द्रीय सदस्य मनोनय गरेको हो ।
मनोनित हुनेहरूमा झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं, एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, पूर्वमन्त्री लालबाबु पण्डितलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरिएको छ।
यसैगरी ऐन महर, प्रेम दंगाल, सुवास देवकोटा, इन्दिरादेवी गौतम, सरस्वती चौधरी, यमुना रोका, कल्पना चापागाईंलगायत सदस्य मनोनित भएका छन ।
एमालेले प्रदेश अध्यक्षहरु पनि चयन गर्दैछ । आजै पोलिटब्यूरो र स्थायी कमिटी बनाएर बैठक सक्ने तयारी गरिएको छ ।
हिजो शुरु भएको बैठकले जिल्ला अधिवेशन पुस २३ गते र प्रदेश अधिवेशन माघ ८ गतेका लागि प्रस्ताव गरेको थियो । त्यस्तै सबै जनवर्गीय संगठनहरुले फागुन मसान्तसम्म अनिवार्य अधिवेशन गर्नुपर्ने निर्णय पनि भएको थियो ।
प्रतिक्रिया