पुस २३ गते जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन गर्ने एमालेको निर्णय
२५ मंसिर २०७८ काठमाडौं । नेकपा (एमाले) ले जिल्ला र प्रदेश अधिवेशनको मिति तोकेको छ ।
भक्तपुरमा आज बसेको केन्द्रीय कमिटी बैठकले जिल्ला अधिवेशन पुस २३ गते र प्रदेश अधिवेशन माघ ८ गतेका लागि प्रस्ताव गरिएको छ ।
सबै जनवर्गीय संगठनहरुले फागुन मसान्तसम्म अनिवार्य अधिवेशन गर्नुपर्ने निर्णय पनि भएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । भोलिसम्म चल्ने बैठकले स्थायी कमिटी र पोलिटब्युरो समेत गठन गर्ने छ।
बैठकले विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियताक्रम निर्धारण र जनसङ्गठनको सुदृढीकरण अभियानबारे पनि निर्णय लिनेछ ।
१० औं महाधिवेशनवाट नयाँ नेतृत्व चयन गरेको नेकपा एमालेले केन्द्रीय समितिको पहिलो बैठक चितवनको सौराहामा बसेको थियो ।
प्रतिक्रिया