Political Hightlights

कमल थापाको रोइलोः ज्ञानेन्द्रको सक्रियता र नाङ्गो हस्तक्षेपमा मलाई हराइयो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २१ गते १७:४५
कमल थापाको रोइलोः ज्ञानेन्द्रको सक्रियता र नाङ्गो हस्तक्षेपमा मलाई हराइयो (भिडियो रिपोर्टसहित)

२१ मंसिर २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले पार्टीको आन्तरिक महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहको नाङगो हस्तक्षेपले आफु पराजित हुनु परेको दावी गर्नु भएको छ।

आज आफनो प्यानलबाट विजयी भएका पदाधिकारी र केन्द्रीय सदस्यलाई मात्र बधाई तथा शुभकामना प्रदान गर्न आयोजित कार्यक्रममा थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा ज्ञानेन्द्र शाहले सक्रिय रुपमा नाङगो हस्तक्षेप गरेको दाबी गर्नुभयो । उहाँले अब राजसंस्थाको वकालत गर्ने नैतिक धरातलसमेत कमजोर भएको बताउनुभयो ।

थापाले नेपालका राजनीतिक दलका नेताहरुलाई अबको राजतन्त्र शेरेमोनियल र साझा हुन्छ भनेर बारम्बार राजसंस्था पुनर्स्थापनाका लागि आग्रह गरेको बताउनुभयो । तर अब ज्ञानेन्द्र शाहको आफ्नै कारणले शेरेमोनियल राजा हुने आधार पनि गुमेको थापाको दावी छ । अब भजन मण्डली खडा गरेर र जुलुस निकालेर राजतन्त्र पुनर्स्थापना नहुने दाबीसमेत थापाले गर्नुभयो ।

निवर्तमान अध्यक्ष थापाले महाधिवेशनमा आफू पराजित भए पनि पार्टी एकता जोगाइ राख्न निरन्तर सहयोग र योगदान रहने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्