Political Hightlights

कांग्रेसको ४ प्रदेशमा संस्थापन पक्ष हावी, २ प्रदेशमा इतरपक्षको जित

हिमालय टिभी
२०७८ मंसिर २० गते ९:०२
कांग्रेसको ४ प्रदेशमा संस्थापन पक्ष हावी, २ प्रदेशमा इतरपक्षको जित

२० मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६ वटा प्रदेशको नेतृत्व छानिएको छ । प्रदेश १ मा संस्थापन पक्षका उम्मेदवार उद्धव थापा सभापतिमा निर्वाचित हुनुभएको छ ।

निर्वाचित थापाले ८ सय ४४ मत ल्याउनुभएको छ भने सभापति पदका अर्का उम्मेदवार गुरूराज घिमिरे पराजित हुनुभएको छ । घिमिरे २ मतअन्तरले पराजित हुनुभएको हो ।

नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ । दोस्रो चरणको निर्वाचनमा जगदीश्वरनरसिंह केसीलाई १ सय ५८ मत अन्तरले हराउँदै सभापति शेरबहादुर देउवा निकट बानियाँ प्रदेश सभापतिमा निर्वाचित हुनुभएको हो ।

लुम्बिनी प्रदेशमा भने अमरसिंह पुन सभापतिमा विजयी हुनुभएको छ । संस्थापन पक्षका भरतकुमार शाहलाई पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । एक उपसभापतिबाहेक संस्थापन इतर समूहका अमरसिंह पुन समूहको प्यानल नै विजयी भएको छ ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका वीरबहादुर बलायर विजयी हुनुभएको छ । उहाँले संस्थापन इतर पक्षका नारायणदत्त मिश्रलाई पराजित गर्नुभएको हो ।
गण्डकी प्रदेश सभापतिमा भने संस्थापनइतर पक्षका शुक्रराज शर्मा निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशमा संस्थापन पक्षका ललितजङ्ग शाही बिजयी हुनुभएको हो ।

अधिवेशन भएका ६ प्रदेशमध्ये ४ प्रदेशमा संस्थापन पक्षका नेता सभापतिमा विजयी भएका छन् । प्रदेश २ को अधिवेशन भने हुन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्