Political Hightlights

कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि पनि हेरफेर

हिमालय टिभी
२०७८ मंसिर १३ गते १७:१३
कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि पनि हेरफेर

१३ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसले प्रदेश अधिवेशनको मिति सार्दै महाधिवेशनको कार्यतालिकामा हेरफेर गरेको छ ।

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबीचको छलफलले प्रदेश अधिवेशन दुई दिनपछि सार्ने सिफारिस गरेको हो । शीर्ष नेताहरुको सिफारिसमा केन्द्रीय निर्वाचन समितिले मंसिर १८ र १९ गते कांग्रेसको प्रदेश अधिवेशन सार्ने निर्णय गरेको छ ।

यसअघि १६ र १७ गतेका लागि मिति तय भएको थियो । अझै केही जिल्लामा अधिवेशन बाँकी रहेको छ भने प्रदेश २ का जिल्लामा शुरु नै नभएकाले कांग्रेस अधिवेशन दुई दिन सार्ने निर्णयमा पुगेको हो ।

पछिल्लो निर्णयअनुसार प्रदेश तहको अधिवेशनका लागि उम्मेदवारी दर्ता भने मंसिर १७ मा हुने छ । केन्द्रीय महाधिवेशनको मिति भने मंसिर २४ देखि २६ सम्म यथावत् राखिएको छ । तर, कार्यतालिका भने संशोधन गरिएको छ ।

मंसिर २१ बाट महाधिवेशन कार्यक्रम सुरु गर्ने तालिकामा परिवर्तन गर्दै मंसिर २४ गते उद्घाटन अघि मतदाता नामावली प्रकाशन, दाबी विरोध तथा उजुरीको कार्यक्रम र अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची तय गरिएको छ ।

उम्मेदवारको मनोनयन दर्ता मंसिर २५ गते गर्ने नयाँ तालिका तयार पारेको निर्वाचन समितिले जनाएको छ । २५ गतेका लागि तय गरिएको मतदानको कार्यक्रम २६ गते र मत गणना २७ गते शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्