Political Hightlights

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल निर्विरोध निर्वाचित

हिमालय टिभी
२०७८ मंसिर १३ गते १२:४८
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल निर्विरोध निर्वाचित

१३ मंसिर २०७८ चितवन । नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोख्रेल सर्वसम्मत चयन हुनु भएको छ ।

वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आएका सुवासचन्द्र नेम्वाङले उपाध्यक्षमा नै चित्त बुझाएपछि पोखरेल सर्वसम्मत वरिष्ठ उपाध्यक्ष हुनु भएको हो । नेम्वाङले पोखरेललाई नेता नमान्ने सन्देश अध्यक्ष केपी शर्मा ओलीसमक्ष पठाउनु भएको थियो ।

वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेम्वाङलाई ओलीले उपाध्यक्षको सूचीमा राख्नुभएको थियो । यस्तै मनोनयन दर्ताको समय अवधिभित्र महासचिवमा पोखरेलको मात्र मनोनयन दर्ता भएपछि उहाँ सर्वसम्मत महासचिव बन्नुभएको हो । पोखरेल नवौं महाधिवेशनबाट उपमहासचिव पदमा पराजित हुनु भएको थियो ।

महासचिवमा विष्णु पौडेल पनि दाबेदार हुनुहुन्थ्यो । तर अध्यक्ष ओलीले पौडेललाई उपाध्यक्ष र पोखरेललाई महासचिवमा प्रस्ताव गर्नुभएको थियो ।

पोखरेल सर्वसम्मत महासचिव बने पनि पौडेलले भने उपाध्यक्षमा चुनावको सामना गर्नुपर्ने भएको छ । उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत चयन हुनु भएको छ ।

बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले ज्ञवाली, गुरुङ र रिमाललाई उपमहासचिव बनाउन प्रस्ताव गर्नुभएको थियो । आज बिहान मनोनयन गर्ने समयसम्म पनि अरु कसैले उम्मेदवारी नदिएपछि तीनै जना उपमहासचिवमा सर्वसम्मत हुनु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्