Political Hightlights

कास्की कांग्रेसका सभापतिमा बराल

हिमालय टिभी
२०७८ मंसिर १२ गते ९:०६
कास्की कांग्रेसका सभापतिमा बराल

१२ मंसिर २०७८ गण्डकी । नेपाली कांग्रेस कास्कीको सभापति पदमा किशोरदत्त बराल विजयी बन्नुभएको छ । शनिबार सम्पन्न दोस्रो चरणका मतदानमा उहाँले सुदीपमोहन भट्टराईलाई पराजित गर्नुभएको हो ।

शुक्रबारको पहिलो चरणको मतदानमा सभापतिका प्रत्यासी पाँच मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि शनिबार पुनः नेताद्वय बराल र भट्टराईबीच पुनः मतदान भएको थियो । कांग्रेसको विधानअनुसार जिल्ला सभापति बन्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था छ ।

कांग्रेसको २०८८ मतदाता रहेकामा शनिबार एक हजार ९२६ मत खसेको थियो । ती मध्ये बरालले ९९५ र भट्टराईले ९१५ मत प्राप्त गर्नुभयो ।

पहिलो चरणका निर्वाचनमा दुई हजार २५ मत खसेको थियो भने ४७ मत भने बदर भएको थियो । उक्त चरणमा आइबहादुर गुरुङ, पोषनाथ शर्मा, गिरीराज गौतम पनि प्रत्यासी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्