Political Hightlights

एमाले महाधिवेशनमा विभिन्न दलका शीर्ष नेताहरुले के भने ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १० गते १८:१६
एमाले महाधिवेशनमा विभिन्न दलका शीर्ष नेताहरुले के भने ? (भिडियो रिपोर्टसहित)

१० मंसिर २०७८ चितवन । प्रमुख राजनीतिक दलका नेताहरुले संविधान कार्यान्वयन र कोरोनाविरुद्धको लडाईं जित्नका लागि सबै एक भएर अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वन र कोरोनाविरुद्ध सबै दलहरु एक ठाउँमा उभिनुपर्नु बताउनुभयो । उहाँले राजनीतिक असहमतिको समाधान संविधानप्रदत्त विधिबाट खोजिनुपर्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले कम्युनिष्ट आन्दोलन पुनः एकताको दिशामा जानुपर्ने बताउनुभयो ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेले देश र जनताको पक्षमा आफूलाई उभ्याउनुपर्ने जोड दिनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनका दौरान भएका सम्झौता कार्यान्वयनका लागि गरेको प्रयासका लागि ओलीलाई धन्यवाद दिनुभयो । उहाँले बाँकी माग पूरा गराउन
प्रधानमन्त्री देउवालाई आग्रह गर्न समेत गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले सिके राउतको पृथकतवादी आन्दोलन र विप्लवको सशस्त्र आन्दोलनलाई शान्तिपूर्ण अवतरण गराउनु ओली र एमालेको पहिलो सफलता भएको भन्दै प्रशंसा गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरु मिलेर हासिल गरेको उपलब्धी रक्षा गर्ने कि गुमाउने भन्ने परीक्षाको घडी आएको बताउनुभयो । देश र जनताका लागि दलहरु एक ढिक्का हुनुको विकल्प नरहेको बताउनभयो ।

एमालेको १० औं महाधिवेशनको बन्दसत्र भोलि शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्