खेलकूद

प्रिमियर लीग फूटबलमा म्यानचेष्टर सिटी र टोटेनह्याम विजयी

हिमालय टिभी
२०७८ मंसिर ६ गते ८:२०
प्रिमियर लीग फूटबलमा म्यानचेष्टर सिटी र टोटेनह्याम विजयी

६ मंसिर २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा म्यानचेष्टर सिटी र टोटेनह्याम विजयी भएका छन् ।

प्रिमियर लीग अन्तर्गत सिटीले एभर्टनमाथि ३(० को जित निकालेको हो । घरेलु मैदानमा सिटीका लागि रहिम स्टरलिङ, रोड्री र बेरनार्डो सिल्वाले गोल गरे । ४४औं मिनेटमा स्टरलिङले सिटीका लागि शुरुवाती गोल गरेका थिए ।

त्यसपछि ५५औं मिनेटमा रोड्री र ८६औं मिनेटमा सिल्वाले गोल थपे । जितपछि १२ खेलबाट २६ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको सिटीले शीर्ष स्थानको चेल्सीसँगको दूरी तीन अंकमा झारेको छ ।

चेल्सीको समान खेलबाट २९ अंक छ । उता समान १२ खेल खेलेको एभर्टन १५ अंकसहित एघारौं स्थानमा छ ।

लीग अन्तर्गत अर्को खेलमा टोटेनह्यामले लिड्स युनाइटेडलाई २(१ ले हरायो । लिड्सले ४४औं मिनेटमा ड्यानियल जेम्सको गोलबाट अग्रता लिएको थियो ।

तर टोटेनह्यामका लागि ५८औं मिनेटमा पिएरी इमाइलले गोल गर्दै खेल बराबरी गरे । ६९औं मिनेटमा सर्जियो रिगुइलनले गोल गरेपछि टोटेनह्याम २(१ ले विजयी भएको हो ।

१२ खेलबाट १९ अंककासाथ टोटेनह्याम सातौं र समान खेलबाट ११ अंक जोडेको लिड्स १७औं स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्