Political Hightlights
एमालेमा किसान महासंघको अवशेष मात्र रहेको अध्यक्ष नेपालको दाबी (भिडियो रिपोर्टसहित)
२०७८ कार्तिक २९ गते १८:४३

२९ कात्तिक २०७८ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेमा अखिल नेपाल किसान महासंघको अवशेष मात्रै बाँकी रहेको बताउनुभएको छ ।
अखिल नेपाल किसान महासंघले काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले सिङ्गो किसान महासंघ आफ्नो पार्टीमा आवद्ध रहेको बताउनुभयो ।
अध्यक्ष नेपालले कृषिमा क्रान्ति ल्याउन एकीकृत समाजवादीले सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले किसानको सवाल सबैको साझा सवाल भएको र किसानको पीडामा भातृसंगठनले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया