Political Hightlights

विवेकशील साझा पार्टीमा विभिन्न पार्टी एकीकरण हुने

हिमालय टिभी
२०७८ कार्तिक २८ गते १८:२७
विवेकशील साझा पार्टीमा विभिन्न पार्टी एकीकरण हुने

२८ कात्तिक २०७८ काठमाडौं । विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीबीच एकीकरण हुने भएको छ।

विवेकशील साझा पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले दुई–तिहाई बहुमतका साथ एकताको सहमति पत्रलाई अनुमोदन गरेको हो।

एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने र रवीन्द्र मिश्र पार्टीको एकल कार्यकारी अध्यक्ष हुने विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिनुभयो ।

सिटिजन्स डिसकशन फोरमबाट ३५ जना र राष्ट्रिय जनता दरबार पार्टीबाट १९ जना गरी विवेकशील साझा पार्टीको नयाँ बन्ने केन्द्रीय समितिमा ५४ जना सामेल हुनेछन्।

यी दुवै पक्षबाट केन्द्रीय कार्य सम्पादन समितिमा ११ जनाको सहभागिता रहने छ। एकीकरण पश्चात् विवेकशील साझा पार्टीको केन्द्रीय समिति १७५ तथा केन्द्रीय कार्य सम्पादन समिति ३७ सदस्यीय हुनेछ।

सिटिजन्स डिसकशन फोरम बृहत्तर राजनीतिक शक्ति निर्माणका लागि गत डेढ वर्षदेखि नियमित रूपमा बहस चलाउँदै आएको विभिन्न पेसाकर्मी, अभियानकर्मी र राजनीतिक पृष्ठभूमि भएका व्यक्तिहरूको समूह हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्