५८ जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि छनोट
२८ कात्तिक २०७८ काठमाडौं । नेकपा एमालेले ५८ जिल्लामा महाधिवेशन प्रतिनिधि छनोटको काम सम्पन्न गरेको छ ।
एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले पाँच जिल्लामा प्रतिनिधि छनोटको प्रक्रिया जारी रहेको जानकारी दिनुभयो ।अधिकांश जिल्लामा सहमतिको आधारमा प्रतिनिधि छानिएको भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एमालेले केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसंगठन र प्रवासबाट समेत गरी ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधिहरू निर्वाचित भइसकेको जनाएको छ ।
एमालेको आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा दशौं राष्ट्रिय महाधिवेशन आयोजना हुँदैछ । त्यसका लागि हिजो प्रतिनिधि छनोट सुरु भएको थियो ।
एमालेले पर्सिसम्म प्रतिनिधि चयन गरी केन्द्रमा सम्पूर्ण अभिलेख पठाउन समेत मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया