लुम्बिनी प्रदेशसभामा एमालेको अवरोध कायमै (भिडियो रिपोर्टसहित)

२८ कात्तिक २०७८ बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको बैठकमा अवरोध कायमै राखेको छ।
सांसदहरु अजय शाही र विमला खत्रीलाई पदमुक्त नगरेसम्म प्रदेश सभा चल्न नदिने एमालेको अडान छ । एमालेले शाही र खत्रीलाई पदमुक्त गर्न पत्राचार गरे पनि प्रदेश सभा सचिवालयले शाही स्वतन्त्र र खत्री माओवादीको सांसद रहेकाले पदमुक्त गर्न नमिल्ने बताउँदै आएको छ ।
एमालेको लुम्बिनी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री शंकर पोखरेलले आजको बैठकमा सांसदबारे उठेका कानूनी र संवैधानिक प्रश्नको निरुपण नभएसम्म प्रदेश सभा चल्न नदिने बताउनुभयो ।
प्रदेश सभाको विशेष समयमा नेता पोखरेल बोलेपछि नेकपा एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि आधाघण्टाको लागि प्रदेश सभाको बैठक स्थगित भएको थियो ।
विपक्षी दलका सांसद उपस्थित नभएपछि प्रदेश सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
प्रतिक्रिया