Political Hightlights

चाडपर्वका कारण रोकिएको कांग्रेसको महाधिवेशन प्रक्रिया आजदेखि पुनः शुरु हुँदै

हिमालय टिभी
२०७८ कार्तिक २७ गते ८:२०
चाडपर्वका कारण रोकिएको कांग्रेसको महाधिवेशन प्रक्रिया आजदेखि पुनः शुरु हुँदै

२७ कात्तिक २०७८ काठमाडौं । चाडबाडका कारण बीचमा रोकिएको नेपाली कांग्रेसको १४औँ महाधिवेशन प्रक्रिया आजदेखि पुनः शुरु हुने भएको छ।

दसैं, तिहार, नेपाल संवत् र छठ पर्वका कारण स्थगित कांग्रेसको महाधिवेशन प्रक्रिया आजदेखि प्ुनः सुरु गर्न लागिएको हो। कांग्रेसले ६४ जिल्लामा यसअघि नै अधिवेशन प्रक्रिया शुरु गरेको थियो।

जसमध्ये तराई र पहाडका जिल्लाहरुमा वडा र गाउँ, नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन्। क्रियाशील सदस्यता र समायोजनमा विवाद भएपछि महाधिवेशन प्रक्रिया शुरु हुन नसकेका १३ जिल्लामा कांग्रेसले आजदेखि वडा अधिवेशन शुरु गर्न लागेको हो ।

यी जिल्लामा कात्तिक ३० गते गाउँ, नगरपालिका अधिवेशन निर्धारण गरिएको छ। प्रदेश २ का आठ, सुदूरपश्चिमको कैलाली, कर्णालीको सुर्खेत र डोल्पा, लुम्बिनीको बाँके तथा बागमतीको रसुवामा वडा अधिवेशन हुन लागेको हो ।

कांग्रेसले वडा र पालिका अधिवेशन सम्पन्न गरिसकेका ५१ र वडा अधिवेशन सुरु नभएका १३ जिल्लामा एकसाथ प्रदेशसभा अधिवेशन गर्ने तयारी गरेको छ।

१३ जिल्लामा वडा र पालिका अधिवेशन भइसकेपछि आगामी मंसिर ३ गते ६४ जिल्लामा एकसाथ प्रदेशसभा अधिवेशन सुरु गरिने कांग्रेसको तालिका छ।

कार्यतालिका अनुसार मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन र मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुनेछ। मंसिर २४ देखि २६ सम्म कांग्रेसले काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरिसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्