एमालेले आज देशभर महाधिवेशन प्रतिनिधि चयन गर्दै
२७ कात्तिक २०७८ काठमाडौं । नेकपा एमालेले आज देशभर महाधिवेशन प्रतिनिधि चयन गर्ने भएको छ। वडा, नगर, गाउँ अधिवेशन सम्पन्न गरेको एमाले महाधिवेशन प्रतिनिधि चयनमा जुटेको हो।
एमाले प्रचार विभागले पत्रकार सम्मेलन गरी १०औं महाधिवेशन प्रतिनिधि चयनको तयारीबारे जानकारी दिएको हो। साढे ७ लाख संगठित सदस्य रहेको एमालेले महाधिवेशनका लागि १ हजार ९ सय ९९ प्रतिनिधि छनौट गर्दैछ। प्रदेश र सोसरहका कमिटीबाट २ महिलासहित ५ जना प्रतिनिधि चयन हुने छन्।
१ हजार २ सयसम्म पार्टी सदस्य रहेका निर्वाचन क्षेत्रबाट ३ जनाका दरले प्रतिनिधि चयन हुने छन्। तीमध्ये एक जना महिला अनिवार्य गरिएको छ। निर्वाचन क्षेत्रमा जति बढी सदस्य हुने छन्।
त्यसै अनुपातमा थप प्रतिनिधि चयन हुने छन्। देशभित्रका विशेष जिल्लाअन्तर्गतका १ हजार २ सयसम्म पार्टी सदस्य मध्येबाट कम्तीमा १ महिलासहित ३ जनाका दरले प्रतिनिधि छनौट हुने छन्। जिल्ला र विशेष जिल्लाअन्तर्गतका ५ सयसम्म दलित पार्टी सदस्य मध्येबाट १ जना प्रतिनिधि निर्वाचित हुने छन्।
दलितका हकमा पनि ३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा १ जना महिला अनिवार्य हुनुपर्छ। भूगोलका प्रदेशअन्तर्गतका मजदुर पार्टी सदस्यमध्येबाट कम्तीमा ३ महिलासहित ७ जनाका दरले निर्वाचित हुने छन्। तर एमालेले संगठित सदस्य संख्याको अन्तिम टुंगो लगाइसकेको छैन ।
अझै पनि सुदूर पश्चिमको अछाम, काठमाडौंसहित प्रदेश २ का केही जिल्लाको संगठित सदस्यताको विषयमा अन्तिम नामावली तयार पार्न बाँकी रहेको बुझिएको छ ।
प्रतिक्रिया