Political Hightlights

एमालेको १० औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २६ गते १४:५३
एमालेको १० औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक (भिडियो रिपोर्टसहित)

२६ कात्तिक २०७८ काठमाडौं । नेकपा (एमाले) ले १० औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ ।

पार्टी कार्यालय च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव ईश्वर पोखरेलले महाधिवेशनको लोगो र नारा सार्वजनिक गर्नुभएको हो ।

‘दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्य गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौँ’ भन्ने नारा रहेको छ भने लोगोमा गैँडाले पार्टीको झण्डा बोकेको छ ।

एमालेको १० औँ महाधिवेशन आगामी मङ्सिर १०–१२ गतेसम्म चितवनमा हुने तय भएको छ । देशभरबाट महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने काम भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्