Political Hightlights

शासन गर्ने भए चुनाव लडेर आउन पूर्वराजा ज्ञानेन्द्रलाई प्रधानमन्त्री देउवाको चुनौती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २४ गते १४:४८
शासन गर्ने भए चुनाव लडेर आउन पूर्वराजा ज्ञानेन्द्रलाई प्रधानमन्त्री देउवाको चुनौती (भिडियो रिपोर्टसहित)

२४ कात्तिक २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतान्त्रिक शासन व्यवस्थाविरुद्ध नलाग्न चुनौती दिनुभएको छ ।

गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बिहान शान्तिबाटिकामा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्ने भए चुनाव लडेर आउन पूर्वराजा शाहलाई चुनौती दिनुभएको हो ।

जनतानै सर्वशक्ति हुने र जनताले नै देशको नेतृत्व गर्ने नेतृत्व चुन्ने जिम्मा जनताको नै भएको प्रधानमन्त्रीको भनाइ थियो । उहाँले जनताभन्दा ठुलो शक्ति अरु कुनै नभएको उल्लेख गर्नुभयो । ्

देउवाले संविधानमा केही असन्तुष्टि आफ्नो पनि रहेको बताउँदै त्यसलाई सुधार्दै जाने बताउनुभयो । देउवाले गणेशमान सर्वमान्य नेताका रुपमा स्थापित भएको स्मरण गर्नुभयो ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आगामी राष्ट्रिय सभा र उपचुनावमा एक्लै लडेर जित्न नसकिने भन्दै सत्तारुढ गठबन्धनका बीचमा तालमेल गरेर जाने बताउनुभयो

कार्यक्रममा प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक खगेन्द्र भट्टराईलाई स्वर्णपदकबाट सम्मान गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्