Political Hightlights
एमाले उपाध्यक्ष रावलद्वारा सुदूरपश्चिम प्रदेश कमिटी बैठक बहिस्कार
२०७८ कार्तिक २३ गते १४:०१
२३ कात्तिक २०७८ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज हुने पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बहिष्कारको घोषणा गर्नुभएको छ ।
ट्वीट गर्दै उपाध्यक्ष रावलले दशबुँदे सहमति कार्यान्वयन नगरेर त्यसको कार्यान्वयनका लागि जारी अन्तरपार्टी निर्देशन (अपानि– १२) विपरीत भएको दाबी गर्नु भएको छ ।
गुटबन्दीका आधारमा गर्न लागिएको बैठक र यसले गर्ने निर्णय अवैध र अमान्य हुने रावलको दावी छ ।
एमालेमा हुँदा तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली समूहबीच पार्टी फुट्न नदिन भन्दै दुवै पक्षका नेता सम्मिलित कार्यदल बनाई १० बुँदे सहमति गरिएको थियो।
तर सहमति कार्यान्वयन नभएको भन्दै रावल लगायतका केही नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।
प्रतिक्रिया