Political Hightlights

एमालेले दशौं महाधिवेशनमा माधव नेपालको पार्टीलाई नबालाउने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १७ गते १८:१५
एमालेले दशौं महाधिवेशनमा माधव नेपालको पार्टीलाई नबालाउने (भिडियो रिपोर्टसहित)

१७ कात्तिक २०७८ काठमाडौं । नेकपा एमालेले आफ्नो १० औं महाधिवेशनको उद्घाटन सत्रमा नेकपा (एकीकृत समाजवादी)लाई नबोलाउने भएको छ ।

एमाले प्रचार विभागले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले एकीकृत समाजवादीलाई नबोलाउने जानकारी दिनुभएको हो ।

उहाँले पार्टीको दशौं महाधिवेशनमा प्रमुख राजनीतिक दलहरुलाई बोलाउने निर्णय भएको भन्दै राजनीतिक दलहरुको अवैध सम्बन्धबाट बनेका समूहलाई नबोलाउने तर्क गर्नुभयो । भट्टराईले एकीकृत समाजवादीको पहिचान पनि नभएको र पत्राचार गर्ने ठाउँ पनि नभएको जिकिर गर्नुभयो ।

प्रचार विभाग प्रमुख भट्टराईले गठबन्धन सरकारका कारण मुलुकमा संविधान मिचिएको र संवैधानिक अंगहरुमाथि हस्तक्षेप भएको बताउनुभयो । उहाँले गठबन्धनले शक्तिहरुको स्वार्थमा देशमा राजनीतिक अस्थिरता पैदा गरेको आरोप लगाउनुभयो ।

एमालेको दशौं महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशन सफल पार्न विभिन्न नेताहरुलाई जिम्मेवारी पनि दिइएको छ ।

पार्टीको प्रचार विभागका अनुसार मूल व्यवस्थापन समितिको संयोजकमा रामबहादुर थापालाई तोकिएको छ । प्रतिनिधि व्यवस्थापनको जिम्मेवारी विष्णुप्रसाद पौडेल र जनपरिचालनको जिम्मा सुरेन्द्र पाण्डेलाई दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्