Political Hightlights

प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्री नियुक्त

हिमालय टिभी
२०७८ कार्तिक १६ गते १५:४१
प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्री नियुक्त

१६ कात्तिक २०७८ विराटनगर । प्रदेश १ मा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री नियुक्त हुनु भएको छ ।

प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १ सय ६८ (२) अनुसार राईलाई दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

राईलाई एकीकृत समाजवादीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका ४९ जना सांसदको समर्थन छ ।

प्रदेश १ का एमालेका सांसद भीमप्रसाद आचार्यले प्रदेशसभा बैठकमा हिजो मुख्यमन्त्रीबाट राजीनामा दिने घोषणा गरेको पत्र बुझाएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारीले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज १ बजेसम्मका लागि समय दिनुभएको थियो ।

जस अनुसार राईले हिजो नै दाबी पेश गर्नुभएको थियो । राई मुख्यमन्त्री नियुक्त भए पनि प्रदेश १ का मन्त्रीका आकांक्षी धेरै छन् । त्यसैले उहाँले आज सानो आकारको मन्त्रीपरिषद बनाउने तयारी गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्