Political Hightlights

प्रदेश १ मा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने अध्यक्ष नेपालको दावी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १३ गते १४:०९
प्रदेश १ मा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने अध्यक्ष नेपालको दावी (भिडियो रिपोर्टसहित)

१३ कात्तिक २०७८ विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ मा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दावी गर्नु भएको छ ।

विराटनगर विमानस्थलमा पत्रकारसँग अध्यक्ष नेपालले भीमप्रसाद आचार्यलाई हटाएर राजेन्द्र राईको नेतृत्वमा सरकार बन्ने बताउनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भका कारण प्रदेश सरकारहरू ढलेको नेपालको भनाइ छ । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै एमालेका तीनवटा प्रदेश सरकार ढलिसकेका छन् ।

प्रदेश १ मा पनि एमालेको आचार्य नेतृत्वको सरकार अल्पमतमा छ । प्रदेश सरकारहरुको नेतृत्व कांग्रेससँग आधा–आधा कार्यकाल बाँड्ने विषयमा केन्द्रको सत्तारुढ गठबन्धनभित्र छलफल नै नभएको अध्यक्ष नेपालले बताउनुभयो ।

उहाँले गठबन्धनमा प्रधान न्यायाधीशका विरुद्धमा महाअभियोग प्रस्तावबारे कुनै छलफल नभएको पनि बताउनु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको बोलिका कारण न्यायालयभित्र विवाद उत्पन्न भएको अध्यक्ष नेपालको आरोप छ ।

अध्यक्ष ओलीले कात्तिक ९ गते पालिका अधिवेशनको उद्घाटनमा संसद पुनर्स्थापनाको फैसला गर्ने पाँचै जना न्याधिशले राजीनामा दिनु पर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्