Political Hightlights

कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि हेरफेर, कहाँ कहिले ?

हिमालय टिभी
२०७८ कार्तिक ११ गते २०:४४
कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि हेरफेर, कहाँ कहिले ?

११ कात्तिक २०७८ काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर गरेर सार्वजनिक गरेको छ ।

जसअनुसार केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने छ । केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिका अनुसार वडा र पालिकास्तरको अधिवेशन बाँकी रहेका सिन्धुपाल्चोक, डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा र पर्सा गरी १२ जिल्लामा कात्तिक २७ गते गाउँ र वडा अधिवेशन हुनेछ ।

यी जिल्लामा कात्तिक ३० गते पालिकास्तरको अधिवेशनको मिति तय भएको छ । यस्तै यी जिल्लामा मंसिर ३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्ने, मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन गर्ने गरी तालिका संशोधन गरिएको छ ।

त्यस्तै मंसिर १० गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन गरिने छ ।

त्यस्तै सोलुखुम्बु, दार्चुला र म्याग्दीमा प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २७ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मंशिर १ गते गर्नेगरी कार्यतालिका संशोधन गरिएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार जुम्लाको जिल्ला अधिवेशन मंसिर १ गतेका लागि तोकिएको छ । यी बाहेक ४६ जिल्लामा प्रदेशसभाको क्षेत्रीय अधिवेशन मंसिर ३ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन मंसिर ६ गतेका लागि तोकिएको छ ।

त्यस्तै सातवटै प्रदेशको प्रदेश अधिवेशन मंसिर १६ र १७ गतेका लागि तय गरिएको छ । विवाद रहेका रसुवा र रौतहत जिल्लाको अधिवेशनको मिति भने तय भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्