Political Hightlights

एमाले महाधिवेशनमा १ हजार ३६ प्रतिनिधि सहभागी हुने

हिमालय टिभी
२०७८ कार्तिक ११ गते २०:३६
एमाले महाधिवेशनमा १ हजार ३६ प्रतिनिधि सहभागी हुने

११ कात्तिक २०७८ काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनमा १ हजार ३६ प्रतिनिधि सहभागी हुने भएका छन् ।

बिहीबार बसेको स्थायी कमिटीको बैठकले महाधिवेशन प्रतिनिधिको संख्या टुंगो लगाएको हो । सचिव प्रदीप ज्ञवालीका अनुसार हाल एमालेको पार्टी सदस्य संख्या ७ लाख २१ हजार छ । उनीहरुमध्येबाट १ हजार ५ सय ३६ प्रतिनिधि १० औं महाधिवेशनमा सहभागी हुनेछन् ।

हरेक जिल्लाबाट एकएक जना दलित प्रतिनिधि, हरेक प्रदेशबाट मजदुर प्रतिनिधिहरु चयन हुनेछन् ।

हरेक जनसंगठनबाट ५–५ जना महाधिवेशन प्रतिनिधि आउने छन् भने केन्द्रीय कार्यालय र विभागहरुबाट दुई खुला र एक महिला गरी ३ जना तथा प्रवासबाट २० जना प्रतिनिधि सहभागी हुनेछन् ।

स्थायी कमिटीको बैठकमा मूल व्यवस्थापन कमिटीका सहसंयोजक सुरेन्द्र पाण्डेले प्रारम्भिक तयारीबारे ब्रिफिङ गर्नु भएको थियो ।

उहाँका अनुसार महाधिवेशनको उद्घाटन नारायणी नदी किनारमा हुनेछ भने बन्द सत्र सौराहामा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्