Political Hightlights

तोकिएकै मितिमा महाधिवेशन हुन्छः सभापति देउवा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ७ गते १८:२३
तोकिएकै मितिमा महाधिवेशन हुन्छः सभापति देउवा (भिडियो रिपोर्टसहित)

७ कात्तिक २०७८ काठमाडौं । पार्टी नेतृत्व महाधिवेशन सार्न लागिरहेको आरोप लागिरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएकै मितिमा महाधिवेशन हुने दाबी गर्नुभएको छ ।

पाँचथरमा कार्यकर्तालाई सम्बोधन गर्दै सभापति देउवाले महाधिवेशन तोकिएकै मितिमा हुने बताउनुभयो । उहाँले क्रिशाशील सदस्यता विवाद हल गरेर तोकिएकै मितिमा महाधिवेशन हुने स्पष्ट गर्नुभयो ।

पटकपटक गरी पाँचपटक अधिवेशनको कार्यतालिका हेरफेर गरिसकेको कांग्रेसले फेरि पनि महाधिवेशनको घोषित कार्यतालिका पछि धकेल्ने तयारी गरिरहेका बेला सभापतिको प्रष्टीकरण आएको हो ।

कांग्रेसले यसअघि गत साउनमा मंसिर ९ देखि १३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । अब मंसिरका लागि तय महाधिवेशन माघमा गर्ने चर्चा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्