Political Hightlights

देउवाको नेतृत्वका कारण पार्टीभित्र बेथिति बढेको नेता सिंहको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ७ गते १८:१०
देउवाको नेतृत्वका कारण पार्टीभित्र बेथिति बढेको नेता सिंहको आरोप (भिडियो रिपोर्टसहित)

७ कात्तिक २०७८ काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवासहितका नेतृत्वका कारण पार्टीभित्र बेथिति बढेको आरोप लगाउनुभएको छ ।

जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग नेता सिंहले १३ औँ महाधिवेशनबाट चुनिएका पदाधिकारी र पार्टी सभापतिले पार्टीलाई बेथितिमा राखेको आरोप लगाउनुभयो ।

उहाँले नेतृत्वमा कब्जा गर्ने निहित उद्देश्यले सभापति देउवाले पार्टीलाई नै अस्तव्यस्त पारेको बताउनुभयो ।

नेतृत्वले महाधिवेशनलाई सामान्य रुपमा लिएका कारण चार पटकसम्म मिति परिवर्तन भएको भन्दै नेता सिंहले अब कुनै हालतमा पनि मिति सार्न नदिने दाबी गर्नुभयो ।

आफ्नो स्वार्थ पूरा गर्नकै लागि हुँदै नभएको क्रियाशील सदस्यताको विवाद चर्काइएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्