आर्थिक

दाङमा नयाँ प्रविधिबाट माछा पालन, सानो क्षेत्रफलमा धेरै आम्दानी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ७ गते १४:५८
दाङमा नयाँ प्रविधिबाट माछा पालन, सानो क्षेत्रफलमा धेरै आम्दानी (भिडियो रिपोर्टसहित)

७ कात्तिक २०७८ दाङ । दाङमा माछा पालन गर्ने बढ्दै गएका छन् । दाङमा १ सय ४० हेक्टर क्षेत्रफलमा माछा पालन भइरहेको छ । त्यस्तै पछिल्लो समय जिल्लामा नयाँ प्रविधिबाट पनि किसानले यो व्यवसाय शुरु गरेका छन् ।

दाङमा उच्च बायो फलक प्रविधि अपनाई माछा पालन गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ का किसान मोहन केसीले यो प्रविधिबाट माछा पालन शुरु गर्नुभएको छ । जमिनी सतहभन्दा माथि ट्याङ्की निर्माण गरेर माछा पालन गर्न मिल्ने प्रविधि बायो फलक हो । बायो फलक प्रविधिबाट थोरै पानी भएको ठाउँमा धेरै माछा पाल्न सकिन्छ । त्यसैले यो प्रविधि राम्रो मानिएको छ ।

तुलसीपुर उपमहानगरपालिका १७ का रामकुमार घर्ती सामुदायिक विद्यालयको शिक्षक हुनुहन्छ । उहाँले शिक्षक पेशासँगै तुलसीपुरमा पहिलो पटक आधुनिक प्रविधि बायो फलकबाट माछा पालन शुरु गर्नु भएको हो । केसीले सामाजिक सञ्जालमा यो प्रविधिबाट माछा पालेको देखेपछि गत चैतदेखि करिब १५ लाखको लागतमा व्यवसाय शुरु गर्नु भएको हो ।

भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दाङका अनुसार जिल्लामा अहिले १ सय ४० हेक्टर क्षेत्रफलमा विभिन्न जातका माछा पालन भइरहेको छ । त्यसमध्ये ५१ हेक्टर प्राकृतिक जलाशय रहेको र बाँकी ८० हेक्टर क्षेत्रमा किसानले निजी पोखरी बनाएर माछा पाल्दै आएका छन् । तर दाङको उत्पादनले मात्रै माग धान्न नसकेकाले बाहिरी जिल्लाबाट माछा आयात हुने गरेको छ ।

दाङमा माछा पालनमा किसानको आकर्षण बढ्दै गए पनि आत्मनिर्भर हुन सकेको छैन । त्यसैले मत्य विकास केन्द्रले ठोस योजना बनाउन जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *