Political Hightlights

वर्तमान सरकार पूर्ण कार्यकाल चल्छः वरिष्ठ नेता पौडेल

हिमालय टिभी
२०७८ कार्तिक ६ गते १३:२३
वर्तमान सरकार पूर्ण कार्यकाल चल्छः वरिष्ठ नेता पौडेल

६ कात्तिक २०७८ गोदावरी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार पूर्ण कार्यकालसम्म चल्ने बताउनुभएको छ ।

धनगढीको गेटा विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले वर्तमान सरकारले पूर्ण कार्यकाल बिताएरै निर्वाचन गर्ने जिकिर गर्नुभएको हो ।

नेपाली कांग्रेस ‘अर्ली इलेक्सन’को पक्षमा नभएको र यो संविधान विपरीत हुने चर्चा गर्दै नेता पौडेलले संविधानमा ‘अर्ली इलेक्सन’बारे उल्लेख नभएकाले छिटै चुनाव हुननसक्ने बताउनुभयोे ।

संविधान जोगाउन आफूहरु अदालत गएको र अदालतको निर्णयले संसद्को आयु लम्बिएको जाकारी दिँदै उहाँले संविधानको रक्षाका लागि सरकार बाँकी समयसम्म चल्नैपर्छ भन्नुभयो । नेता पौडेलले एमसिसी पास गर्ने अधिकार संसद्लाई रहेकाले आफू सांसद नभएकाले त्यो विषयमा बोल्न नमिल्ने बताउनुभयो ।

नेपाली कांग्रेसको महाधिवेशनका सम्बन्धमा सोधिएको प्रश्नमा कतिपय जिल्लामा धाँधली गरिएकाले त्यसलाई पुनः विचार गरेर अघि बढ्नाको विकल्प नभएको उहाँको भनाइ थियो । नेता पौडेलले बाढी र पहिराका कारण सुदूरपश्चिममा भएको भौतिक एवं मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई राहतको व्यवस्था तत्काल गरिनुपर्नेमा जोड दिनुभयोे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्