आर्थिक

बेमौसमी वर्षाका कारण १० अर्बको नोक्सानी, चामल आयात बढ्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ५ गते २०:४४
बेमौसमी वर्षाका कारण १० अर्बको नोक्सानी, चामल आयात बढ्ने (भिडियो रिपोर्टसहित)

५ कात्तिक २०७८ काठमाडौं । भित्र्याउन ठिक्क परेको धानखेती बेमौसमी वर्षाले नष्ट गर्दा अर्बौँको क्षति भएको छ । अविरल वर्षाको कारण २० लाख हेक्टरभन्दा बढी क्षेत्रफलको धानबालीमा असर गरेको छ । वर्षाकै कारण २६ लाख मेट्रिक टन धानमा क्षति पुगेको छ जसबाट किसानलाई करिब १० अर्बको नोक्सानी भएको देखिन्छ ।

यस वर्ष १३ लाख ४२ हजार हेक्टर खेतमा धान रोपिएको थियो । मौसमले साथ दिँदा धान राम्रैसँग फलेको थियो । तर धान भित्राउन ठिक्क परेका किसानको सारा सपना बैमौसमी वर्षाले टुटाइदिएको छ ।

वर्षाले लुम्बिनी, सुदूरश्चिम र प्रदेश १ को धानमा धेरै क्षति पुर्‍याएको छ । त्यसमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा ९३ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको धानमा असर गरेको छ । जसमध्ये ४२ हजार ४ सय २७ हेक्टरको धानमा क्षति पुगेको छ । लुम्बिनीमा १ लाख ६१ हजार मेन्ट्रिक टन धानमा बाढी पस्दा ४ अर्ब ५१ करोड बराबरको क्षति भएको छ ।

यस्तै सुदुरपश्चिममा ५५ हजार हेक्टरमा लगाएको धानलाई असर गरेको छ । जसमध्ये १८ हजार हेक्टर क्षेत्रफलको ६८ हजार ४ सय मेट्रिक टन धान क्षति हुँदा १ अर्ब ९१ करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

यसैगरी प्रदेश १ मा ५० हजार हेक्टरमा लगाइएको धान खेतीमा असर गरेको छ । जसमा साढे ७ हजार हेक्टरमा लगाएको साढे २८ हजार मेट्रिकटन धान क्षति भएको छ । जसबाट ८० करोड रुपैयाँ बराबरको क्षति भएको छ । प्रारम्भिक बिवरण अनुसार तीनवटा प्रदेशमा मात्र २५ लाख ८ हजार मेट्रिक टन धान क्षति भएको छ ।

जसबाट ७ अर्व २२ करोड रुपैयाँ बराबरको क्षति भएको देखिन्छ । यस्तै अन्य प्रदेशको समेत क्षतिको अध्ययन भइरहेको हुनाले बैमौसमी वर्षाले करिब १० अर्ब रुपैयाँ बराबरको क्षति भएको कृषि मन्त्रालयको प्रारम्भिक अनुमान छ ।

वर्षाले १५ प्रतिशत भूभागको धानमा असर गरेको छ । जसमध्ये, अति क्षति २ प्रतिशत, मध्यम क्षति ५ प्रतिशत र ८ प्रतिशतमा सामान्य क्षति भएको छ । यस वर्ष धानको उत्पादन बढ्ने अपेक्षा गरिएकोमा बाढीले पुर्‍याएको क्षतिपछि ५ प्रतिशतले घट्ने देखिएको छ ।

नेपालमा ४७ प्रतिशत जमिनमा खेती गरिन्छ जसमध्ये क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशत भन्दा वढी छ । जसबाट वार्षिक करिब १ खर्ब ५ अर्ब रुपैयाँ बराबरको धान उत्पादन हुने गरेको छ । कूल गार्हस्थ्य उत्पादनमा २७ प्रतिशत कृषिको योगदान रहेकोमा धानको मात्रै १६ प्रतिशत छ ।

गत वर्ष राम्रै धान फल्दा पनि ५० अर्बको चामल बिदेशबाट आयात गरिएको थियो । तर यसपटक धान नष्ट हुँदा चामलको आयात अझै बढ्ने निश्चित छ । बेमौसमी वर्षा र बाढीले किसानलाई आहात हुँदा हुदाँ अर्थतन्त्रमा समेत धक्का पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *