बागमती प्रदेश सरकारको नेतृत्व कांग्रेस र एकीकृत समाजवादीले आलोपालो गर्ने

५ कात्तिक २०७८ काठमाडौं । बागमती प्रदेश सरकारको नेतृत्वमा कांग्रेस र नेकपा नेकपा एकीकृत समाजवादीले आलोपालो गर्ने सहमति गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा नेताहरुबीच बागमती प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको हो । ०७४ को मंसिरमा प्रदेशसभाको चुनाव भएको थियो ।
संविधानअनुसार प्रदेशसभाको आयु ५ वर्षको हुन्छ । त्यस आधारमा प्रदेशसभाको कार्यकाल सकिन अब एक वर्ष मात्र बाँकी छ । सहमतिअनुसार अवको छ महिना एकीकृत समाजवादीका बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे गठबन्धनको तर्फबाट मुख्यमन्त्री बन्नु हुनेछ ।
बाँकी कार्यकालमा कांग्रेसका प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने सहमति भएको हो । हाल बागमती प्रदेशमा नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री हुनुहुन्छ। तर, उहाँ नेतृत्वको सरकार अल्ममतमा परेर २४ असोजमै उनले प्रदेशसभामा विश्वासको मतको प्रस्ताव पेस गर्नुभएको छ ।
आगामी १० गते विश्वासको मतको छिनोफानो हुनेछ । अहिलेकै राजनीतिक परिस्थितिमा फेरबदल नभए शाक्यले विश्वासको मत नपाउने निश्चित छ ।
प्रतिक्रिया