Political Hightlights
एमाले स्थायी कमिटी बैठक आज बस्दै
२०७८ कार्तिक ४ गते ९:०१

४ कात्तिक २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा दिउँसो ३ बजे बस्ने बैठकमा विभिन्न पाँच एजेण्डामाथि छलफल हुने छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आजको बैठकमा पर्सि हुने वडा अधिवेशनको तयारीबारे छलफल हुने जानकारी दिनुभयो ।
बैठकमा विधान महाधिवेशन समीक्षा, कात्तिक ९ गते हुने पालिका अधिवेशन र राष्ट्रिय महाधिवेशनको तयारीबारे पनि छलफल हुने एजेण्डा तय गरिएकव छ ।
यस्तै हालै भएको अविरल वर्षाका कारण भएको जनधनको क्षति र पीडितलाई रातह दिलाउन सरकारलाई दबाव दिनेबारे पनि छलफलको एजेण्डा रहेको सचिव तामाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया