Political Hightlights

एमाले वडा अधिवेशनसँग उपाध्यक्ष शाक्य सन्तुष्ट (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ३ गते १७:१९
एमाले वडा अधिवेशनसँग उपाध्यक्ष शाक्य सन्तुष्ट (भिडियो रिपोर्टसहित)

३ कात्तिक २०७८ काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीले ६ गते एकै दिन देशभर वडा अधिवेशन गर्न लागेकोमा असन्तुष्टि जनाउनुभएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेकी उपाध्यक्ष शाक्यले पार्टीको धरातलका रुपमा रहेको वडा अधिवेशन गर्न हतारिन नहुने बताउनुभयो ।

काठमाडौंमा भएको कार्यक्रममा उपाध्यक्ष शाक्यले हतारमा वडा अधिवेशन गरी नेतृत्वमा जोसुकै आए पनि हुन्छ भन्ने पक्षमा आफू नरहेको बताउनुभयो । पार्टी भित्र समूहगत स्वार्थ छिराउन नहुनेतर्फ पनि उहाँले ध्यानाकर्षण गराउनुभयो ।

समाजवादको लक्ष्य प्राप्त गर्न र सिंगो नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न पनि एमाले गुटमुक्त हुनुपर्ने उपाध्यक्ष शाक्यको भनाइ थियो । उहाँले बागमती प्रदेशलाई नमूना प्रदेशको रुपमा विकास गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्