Political Hightlights

सरकार आलोचना गर्न पनि लायक नरहेको अध्यक्ष ओलीको टिप्पणी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ३ गते १६:१०
सरकार आलोचना गर्न पनि लायक नरहेको अध्यक्ष ओलीको टिप्पणी (भिडियो रिपोर्टसहित)

३ कात्तिक २०७८ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गर्नु भएको छ ।

सरकारको सय दिन पूरा भइरहँदा पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष ओलीले आलोचना गर्न पनि लायक नरहेको प्रतिक्रिया जनाउनु भएको हो । बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकको उद्घाटन गर्दै उहाँले वर्तमान सरकार कसले चलाएको छ भनेर कसैले भन्न सक्ने स्थिति नरहेको दावी समेत गर्नु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिलेको सरकार एक खालको नायवीद्धारा चलाइएको निमित्त नायकको सरकार हो । यो नायवीद्धारा चलिराखेको छ निमित्त नायकको सरकार । नायक नायक होइन ।, मैले भने अघि नै यो सरकार आलोचना गर्न पनि लायक रहेन क्या । टिप्पणी गर्न पनि लायक रहेन यो सरकार । जसको हातमा नायवी छ, पर्दा पछाडि छ के भन्नु ? जो अगाडि छ, विचारा, अर्काले चलाएको नायवीमा चलेको छ के भन्नु ? त्यो हालतमा छ । साँच्ची यो सरकार कसैले चलाएको छ भनेर कसैले भन्न सक्छ नेपालमा ? कसले चलाएको छ कसले ? भित्रकाले चलाएको छन् कि बाहिरकाले चलाएका छन् कि ? पर्दा पछाडिकाले चलाएका छन् कि, पर्दा अगाडिकाले ? यस्तो स्थितिमा छ ।’

अध्यक्ष ओलीले देशलाई आगामी निर्वाचनबाट एमालेको विजय चाहिएको बताउनुभयो । अन्य पार्टीसँग देशलाई अघि बढाउने कुनै दृष्टिकोण नभएको उहाँको दावी थियो । अध्यक्ष ओलीले कांग्रेस आगामी निर्वाचनमा आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धी भएपनि उसँग जनतामा जाने कुनै एजेन्डा नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देशलाई चाहिएको एउटै मात्रै कुरा छ–जम्माजम्मी एउटै मात्रै कुरा के हो भने एमालेको दिग्विजय । एमालेको विजय चाहिएको छ । अरु केही चाहिएको छैन । एमालेका विजय भएन भने केही पनि हुँदैन । अरुसँग केही छँदै छैन । न गन्तव्य, न बाटो, न प्रतिबद्धता न संकल्प । अनि यसो च्याखे थापेर खालमा बस्छन नि, खालमा बसेकाहरुको बीचमा उनीहरुले चाँही खेल्छन् मोटामोटी । अनि च्याखेले सानोतिनो रकम छ्यास्स यतापट्टी, यतापट्टी भनेर हाल्छन । च्याखे हालेर उसले जित्यो भनेदेखि गयो भने सुका मोहर गयो, आयो भने सुका, मोहर गर्दै अलिअलि आयो । यो खालका च्याखेहरुको हारजित पनि खास हुने होइन । तर खिचिखिची चाँही रहिरहन्छ ।’

अध्यक्ष ओलीले भन्नुभयो– ‘यस चुनावबाट हामीले च्याँखेहरुलाई पनि आउन गरिदिनु पर्छ । यी च्याँखे रहे भने फेरि गठबन्धन भन्यो एउटा ग¥यो लडाई नेकपा एमाले र कांग्रेसका बीचमा छ । बैचारिक, सांगठानिक सबै हिसाबको लडाई हाम्रो बीचमा छ । अनि कसैलाई भयो जस्तो भएन भने पार्टी फोड्यो अनि एउटा पुच्छर समात्यो अनि च्याँखे थाप्यो । यो च्याँखेहरुलाई चाँही अन्त्य गर्नुपर्छ । र हाम्रो मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग हो । नेपाली कांग्रेससँग जनताको बीचमा जाँदाखेरी के देखाउने ? के गरे भन्ने ? अहिलेसम्म कांग्रेसले के ग-यो भन्ने ? अब के गर्छु भन्ने ?’

अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई निर्वाचनबाट जनताले बदर गरिदिने चेतावनी समेत दिनुभयो । उहाँले अदालतले जनताबाट विश्वास गुमाइसकेको उल्लेख गर्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीलाई चिन्ता छ । अहिले हेर्नुस्त अदालत अत्यन्त मर्यादित हुनुपर्ने होइन र ? जनताले केही भएन भने पनि अदालतमा न्याय पाउछु भन्ने विश्वास गर्नुपर्ने होइन ? हेर्नुस्त महाअभियोग पनि लाग्न सक्छ भनेका छन् । जनस्तरबाट राजीनामा गर भनेका छन । के–के आरोप छ, तपाईहामी जम्मै सुनि राखेका छौं ।’

अध्यक्ष ओलीले देशलाई बेहाल अवस्थाबाट जोगाउने गरी निर्वाचनमा तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्