Political Hightlights

एमालेले डाक्यो स्थायी कमिटी बैठक

हिमालय टिभी
२०७८ कार्तिक ३ गते १६:०१
एमालेले डाक्यो स्थायी कमिटी बैठक

३ कात्तिक २०७८ काठमाडौं । नेकपा (एमाले)ले भोलि स्थायी कमिटी बैठक डाकेको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बोलाइएको हो ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान महाधिवेशन समीक्षा, वडा र स्थानीय तहको अधिवेशन, राष्ट्रिय महाधिवेशनको विषय प्रवेश र हालैको अविरल वर्षाका कारण भएका जनधनको क्षतिका सम्बन्धमा छलफल हुनेछ ।

एमालेको वडा अधिवेशन यही कात्तिक ६ गते र स्थानीय तहको अधिवेशन यही कात्तिक ९ गते तोकिएको छ । एमालेको राष्ट्रिय महाविधेशन आगामी मङ्सिर १० देखि १३ गतेसम्म बुटवलमा हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्