Political Hightlights

संसद सुचारु गराउन एमालेसँग छलफलको लागि तयार छुः सभामुख सापकोटा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २७ गते १६:२१
संसद सुचारु गराउन एमालेसँग छलफलको लागि तयार छुः सभामुख सापकोटा (भिडियो रिपोर्टसहित)

२७ असोज २०७८ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारु गराउन नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताउनु भएको छ ।

सभामुख सापकोटाले संसद चलाउनका लागि संवादको विकल्प नभएकाले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताउनुभयो । पत्रकारसँग कुरा गर्दै सभामुख सापकोटाले संसदको गरिमा बढाउन सबैको भूमिका उत्तिकै रहेको बताउनुभयो ।

आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको बताउँदै उहाँले सबैले आफूले गरेको कामको समीक्षा गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । संसद सञ्चालनका लागि कार्तिक ९ गतेको बैठकसम्म सकारात्मक वातावरण बन्ने सभामुख सापकोटाको विश्वास छ ।

संसदलाई जीवन्त र जनमुखी बनाउन आफू पनि गुणात्मक ढंगले लागि पर्ने सभामुख सापकोटाको प्रतिबद्धता छ । उहाँले राजनीतिमा आग्रह, पूर्वाग्रह हुनु सामान्य भएपनि संसदको गरिमामा आँच आउने काम कसैले गर्न नहुनेमा जोड दिनुभयो ।

सभामुख सापकोटाले संसदमा सभामुखले प्रभावकारी भूमिका नखेलेको भन्दै संचारमाध्यमहरुमा आएको कुरा सही नभएको समेत दाबी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्