Political Hightlights

रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुन्छः महामन्त्री कोइराला

हिमालय टिभी
२०७८ असोज २६ गते १३:४५
रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुन्छः महामन्त्री कोइराला

२६ असोज २०७८ चितवन । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताउनुभएको छ ।

आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा उहाँले विवाद रहेका १३ जिल्ला सहित अन्य रोकिएका जिल्लाको समेत तिहार लगत्तै अधिवेशनको प्रक्रिया सुरु हुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “तिहारपछि रोकिएका जिल्लाको अधिवेशन हुन्छ । अब सार्ने अवस्था छैन । महाधिवेशन समायमानै गर्नुपर्छ ।” १३ जिल्लामा क्रियाशील सदस्यताको विवाद रहेको भन्दै उहाँले देखिएका समस्या समाधान गर्दै अघि बढ्ने बताउनुभयो ।

महाधिवेशनमा संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाउने कसरत भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “छलफल भइरहेको छ । संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाएर महाधिवेशनमा जान्छौ ।” आफु, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको दौडमा रहेको भन्दै उहाँले आफु बलियो उम्मेदवार रहेको बताउनुभयो ।

फरक प्रसङ्गमा सरकारले पूर्णता पाएसँगै विकास निर्माणका कामहरुलाई तिव्रता दिइने उहाँको भनाई थियो । उहाँले भन्नुभयो, “अहिलेको सरकार गठवन्धनको सरकार हो । यसले पूर्णता पाएको छ । अब राम्रो काम गर्छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्