Political Hightlights
कांग्रेसलाई आन्तरिक समीकरण मिलाएर मन्त्री छान्न सकस
२०७८ असोज २१ गते ८:१९

२१ असोज २०७८ काठमाडौं । नेपाली कांग्रेसभित्र आन्तरिक समीकरण मिलाएर मन्त्री छान्न सकस परेको छ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पार्टीले पाएका मन्त्रालयमध्ये २ वटा मन्त्रालय पौडेल पक्ष र एउटा सिटौलालाई पक्षलाई दिन सकिने बताउनु भएको थियो । तर पौडेलले आफ्नो पक्षले ३ वटा मन्त्रालय पाउनुपर्ने दावी गरेको छ ।
देउवाले भने कुनै पनि हालतमा तीन मन्त्रालय दिन नसकिने बताउनु बताएपछि पौडेल पक्ष अन्तिममा दुई मन्त्रालयमै राजी भएको छ ।
यसअघि नै आफू निकटका बालकृष्ण खाँण र ज्ञानेन्द्र बहादुर कार्कीलाई मन्त्री बनाएका देउवाले थप एक जनालाई पनि मन्त्री बनाउने तयारीमा हुनुहुन्छ ।
बैठकमा देउवाले सम्भवतः आज नै मन्त्रिपरिषद् विस्तार हुनसक्ने बताउनु भएको थियो ।
प्रतिक्रिया