Political Hightlights
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई दुई तिहाइ सांसदको साथ
२०७८ असोज २० गते १८:४०

२० असोज २०७८ धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाउन सफल हुनु भएको छ।
प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकमा आज मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाउँ भनि राखेको प्रस्तावको पक्षमा प्रदेशसभामा उपस्थित कुल सांसद संख्या १ सय मध्ये विश्वास मतको पक्षमा ७७ र विपक्षमा २३ मत खसेको सभामुख सरोज कुमार यादवले घोषणा गर्नु भएको छ।
त्यसअघि प्रदेशसभामा रहेका सबै दलका संसदीय दलका नेता तथा सांसदहरुले प्रदेश सरकार र मुख्यमन्त्रीको बारेमा आफनो धारणा राख्ने क्रममा मुख्यमन्त्रीको आलोचना गरेका थिए ।
मुख्यमन्त्री राउतको पक्षमा जसपा, कांग्रेस, माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीका सांसदहरुले मतदान गरेका छन् भने विपक्षमा लोसपा र एमालेले मतादन गरेका छन् ।
प्रतिक्रिया