Political Hightlights
प्रदेश २ का मुख्यमन्त्री राउतले विश्वासको मत लिँदै
२०७८ असोज २० गते ९:०७
२० असोज २०७८ काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज प्रदेशसभामा विश्वासको मत लिँदै हुनुहुन्छ ।
बिहान ११ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिने तयारी गरिएको प्रदेश २ को प्रदेशसभा सचिवालयले जनाएको छ ।
जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको एक महिनाभन्दा बढी भइसकेको अवस्थामा मुख्यमन्त्री राउतले आज विश्वासको मत लिन लाग्नुभएको छ ।
संविधानको धारा १८८ को उपधारा २ अनुसार दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
तर मुख्यमन्त्री राउतले दल विभाजन भएको महिना दिन बित्दा पनि विश्वासको मत नलिएको भन्दै विरोध हुँदै आएको थियो ।
प्रतिक्रिया