Political Hightlights

सरकारमा जाने मन्त्रीहरूको बारे छलफल गर्न माओवादी केन्द्रको बैठक बस्दै

हिमालय टिभी
२०७८ असोज १७ गते ८:५६
सरकारमा जाने मन्त्रीहरूको बारे छलफल गर्न माओवादी केन्द्रको बैठक बस्दै

१७ असोज २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा मन्त्रीको रुपमा जाने नेताहरूको बारेमा निर्णय गर्न आज स्थायी कमिटीको बैठक बोलाएको छ ।

पेरिसडाँडामा बस्ने बैठकमा सरकारमा जाने नेताहरूको बारेमा छलफल गरी टुङ्गोमा पुगिने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

बैठक बस्ने समय भने निश्चित नभएको उहाँले बताउनुभयो । मन्त्रीका आकाङ्क्षी धेरै भएपछि निर्णयमा पुग्न माओवादी केन्द्र नेतृत्वलाई समस्या भएको छ ।

हिजोको स्थायी कमिटी बैठकमा विद्यार्थी सङ्गठनको नेतृत्व चयनको बारेमा मात्रै कुराकानी भएको प्रवक्ता महराले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्