गगन थापाले भने–सात कम्युनिष्ट पार्टी मिलेर आए पनि कांग्रेस एक्लैले जित्ने बन्न नेतृत्व परिवर्तन हुनुपर्छ (भिडियो रिपोर्टसहित)
१६ असोज २०७८ काठमाडौं । नेपाली कांग्रेस युवा नेता गगन थापाले आगामी निर्वाचनमा कम्युनिष्टहरुसँग एक्लै चुनाव लडेर जित्ने तागतका साथ अघि बढन पनि कांग्रेसमा नेतृत्व परिवर्तन हुनु आवश्यक रहेको बताउनु भएको छ।
आज पार्टीको काठमाडौं महानगरपालिका अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै नेता थापाले कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउन, कोहीसँग मिलेर होइन एक्लै सात कम्युनिष्टहरु एक भएर आए पनि आगामी निर्वाचनमा जित्नुपर्ने अवस्था कांग्रेसको रहेकाले सोही अनुसार कांग्रेसलाई शुद्ध र सुदृढ बनाउन आफूहरु लागि परेको बताउनु भयो ।
नेता थापाले भन्नुभयो, ‘कोहीसँग मिलेर होइन् सात कम्युनिष्ट एक भएर आयो भने पनि जित्ने तागतका साथ आगामी महाधिवेशनले नेतृत्व चयन गर्नुपर्ने हुन्छ । त्यसका लागि कांग्रेसलाई छोटो समयमा शुद्ध र सुदृढ गर्न आवश्यक हुन्छ ।’
नेता थापाले नेपाली जनताले भरोसायोग्य कांग्रेसको नेतृत्व चाहिरहेको दाबी समेत गर्नु भयो । उहाँले मुलुकलाई कम्युनिष्टहरुको कहरबाट बचाउन पनि नेपाली कांग्रेसको पार्टी जीवनमा आमूल परिवर्तन गर्न आवश्यक रहेको दोहो-याउनु भयो ।
प्रतिक्रिया