Political Hightlights
एमाले विधान महाधिवेशनमा प्रस्तुत प्रस्तावमाथि समूहगत छलफल हुँदै
२०७८ असोज १६ गते ७:४२

१६ असोज २०७८ काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत प्रस्तावहरूमाथि समूहगत छलफल गर्न १० वटा समूह बनाइएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेस गरेको सांगठनिक र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न १० समूह बनाइएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
बिहान ८ बजेदेखि समूहगत छलफल शुरु हुने र दिउँसो २ बजे शुरु हुने पूर्ण सत्रमा समूहगत छलफलका सुझाव पेस गरिने छ।
समूहगत छलफलको सहजीकरणका लागि २० जना नेतालाई जिम्मेवारी तोकिएको छ। ललितपुरको गोदावरीमा रहेको सनराइज हलमा हिजोदेखि शुरु भएको विधान महाधिवेशनमा ६ को हाराहारीमा प्रतिनिधिहरू सहभागी छन्।
प्रतिक्रिया