Political Hightlights

अध्यक्ष ओलीले भने–पार्टी विभाजन गराउने मुख्य योजनाकार माधव नेपाल हुन्

हिमालय टिभी
२०७८ असोज १५ गते १५:३९
अध्यक्ष ओलीले भने–पार्टी विभाजन गराउने मुख्य योजनाकार माधव नेपाल हुन्

१५ असोज २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई विभाजन गराउने मुख्य योजनाकार माधवकुमार नेपाल भएको आरोप लगाउनु भएको छ ।

अध्यक्ष ओलीले पार्टी विभाजन गर्ने माधव नेपालको योजनामा साथ नदिएर पार्टी एकताको पक्षमा उभिएको भन्दै उपाध्यक्ष भीम रावलसहितका नेताहरुले स्वागतयोग्य काम गरेको टिप्पणी समेत गर्नु भयो ।

पार्टीको जारी विधान अधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्दै उहाँले भन्नुभयो, ‘पार्टी एकता जोगाउनका लागि प्रदर्शित अधिकतम लचकताका बाबजुद हरहालतमा पार्टी विभाजन गरी छाडने माधव नेपालको योजना स्पष्ट भएपछि पार्टीभित्रको अन्तरसंघर्षमा साथमा रहनु भएका अधिकांश कमरेडहरु त्यसलाई अस्विकार गरेर एकताको पक्षमा उभिनु भएको छ । यो स्वागतयोग्य निर्णय हो ।’

अध्यक्ष ओलीले पार्टीको एकता जोगाउनका लागि माओवादी केन्द्र पृष्ठभूमि भएका रामबहादुर थापालगायतका नेताहरुले सकारात्मक योगदान पु¥याएको पनि स्पष्ट पार्नु भयो । उहाँले नेकपा एमालेलाई विभाजन गराउन र माधव नेपालहरुलाई बैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखको भूमिका समेत सहयोगी भएको दावी समेत गर्नु भयो ।

उहाँले त्यस्ता खालका गतिविधिको आफ्नो पार्टीले कानून सम्मत ढंगले प्रतिवाद गर्ने चेतावनी समेत दिनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘नेकपा एमालेलाई विभाजन गराउन र उनीहरुलाई वैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखको समेत सहयोगी भूमिका रहेको छ, जसलाई हामीले कानूनसम्मत प्रतिवाद गर्नेछौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्