Political Hightlights

एमाले र सत्तापक्षको टकरावका कारण संसद अनिर्णयको बन्दी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १३ गते २०:५३
एमाले र सत्तापक्षको टकरावका कारण संसद अनिर्णयको बन्दी (भिडियो रिपोर्टसहित)

१३ असोज २०७८ बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक निरन्तर सूचना टाँस गरेर स्थगित हुँदै आएको छ । प्रतिपक्ष नेकपा एमाले र सत्तापक्षको टकरावका कारण संसद अनिर्णयको बन्दी बनेको हो ।

आज दिउँसो १ बजेका लागि बोलाइएको लुम्बिनी प्रदेशसभाको बैठक सूचना टाँस गरी असोज २० सम्मका लागि स्थगित भयो । सूचनामा भने नेकपा एमालेको मागअनुसार बैठक स्थगित गरिएको दाबी छ ।

यसअघि भदौ ३१ गते बसेको प्रदेश सभाको बैठक एमालेको अवरोधपछि असोज ७ गतेसम्मका लागि स्थगित भएको थियो । असोज ७ गते आजसम्मलाई स्थगित गरियो । प्रदेशसभाको नवौं अधिवेशनका पाँचवटै बैठक एमालेको अवरोधले स्थगित भएका छन् । लगातारको अवरोध र स्थगितको सिलसिलाले संसदमा पेस भएका महत्त्वपूर्ण विधेकहरु अलपत्र परेका छन् ।

लुम्बिनीमा चार दलको गठबन्धन सरकार बनेदेखि नै पूर्व सत्तारुढ एमाले विरोधको मानसिकतामा छ । उसले पार्टीले कारबाही गरेका २ सांसदको बारेमा संसदलाई जानकारी नगराएसम्म बैठक चल्न नदिने अडान लिएको छ ।

शंकर पोखरेल नेतृत्वको सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट प्रतिस्थापन गरेर नयाँ बजेट ल्याउने तयारीमा सत्ता गठबन्धन छ । तर संसद चल्न नसक्दा बजेट पेश हुन सकेको छैन । संसद सञ्चालनका लागि प्रतिपक्षी दलसँग छलफल भइरहेको सत्तारुढ दलको दाबी छ ।

प्रतिपक्ष र सत्तापक्षको टकरावका कारण लुम्बिनी प्रदेश सभा अनिर्णयको बन्दी बन्न पुगेको छ । जसका कारण न विनियोजन अध्यादेशलाई प्रतिस्थापन गरिएको छ न त जनताका आवाज संसदमा मुखरित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्