Political Hightlights
बजेट प्रतिस्थापन विधेयकमार्फत कालो धन सेतो बनाउन खोजेको एमालेको आरोप (भिडियो रिपोर्टसहित)
२०७८ असोज ११ गते १७:०९
११ असोज २०७८ काठमाडौं । बजेट प्रतिस्थापन विधेयकमार्फत् सरकारले कालोधनलाई सेतो बनाउन खोजेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ ।
राष्ट्रिय सभा बैठकमा परशुराम मेघी गुरुङले बजेट प्रतिस्थापन विधेयकमा कालोधनलाई सेतो बनाउने प्रावधान राखिएको दाबी गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गर्नु भयो ।
जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले भने विभिन्न स्थानमा लुकाएर राखेको धनलाई कानूनी दायरामा ल्याउनुपर्ने बताउनुभयो ।
प्रतिस्थापन विधेयकको धारा ५९ मा चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, सेवा प्रदायकले पछिल्लो तीन वर्षको आयकर फागुनभित्र बुझाउँदा तीन वर्ष अगाडिको कर मिनाहा हुने प्रावधान राखेपछि यसको पक्ष र विपक्षमा बहस शुरु भएको छ ।
प्रतिक्रिया